दफा १६
अस्पतालको स्थापना र सञ्चालन
: (१) प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न र गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि अस्पतालको स्थापना गर्नेछ ।
(२) यो ऐन प्रारम्भ हु“दाका बखत प्रचलित कानून बमोजिम स्थापना भई सञ्चालन भइरहेको कर्णाली अञ्चल अस्पताल उपदफा (१) बमोजिम स्थापना भएको मानिनेछ ।
(३) अस्पतालको सञ्चालन तथा व्यवस्थापन तोकिए बमोजिम हुनेछ ।